धनगढी – सुदूरपश्चिमका शिक्षकहरुले मुख्यमन्त्रीको कार्यालय अगाडी धर्ना दिएका छन ।
पेशागत हकहित तथा शिक्षाको गुणस्तर सुधार लगायतका ३४ बुँदे माग राख्दै सुदूरपश्चिमका शिक्षकहरुले मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका हुन ।


विद्यालय कर्मचारीको तलव सुविधा, बालविकास शिक्षको तलव सुविधान, शिक्षक बढुवामा देखिएको समस्या समाधान लगायत राहत शिक्षकहरुलाई कोटा तथा नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक र गुणस्तरि बनाउनु पर्ने माग सहित नेपाल शिक्षक महासंघको आयोजनामा आन्दोलनका कार्यक्रम भइरहेका छन ।
विगतमा शिक्षकहरुका ३० बुदे माग सम्बोधन गर्ने गरी सम्झौता भएपनि कार्यान्वयन नहुदा पुनः आन्दोलित हुनु परेको एकिकृत अखिल नेपाल शिक्षक संगठनका सुदूरपश्चिम इन्चार्ज सुमन कुमार न्यौपाने बताए ।
सरकारले आफ्नो आवाज अझै नसुने थप आन्दोलनका कार्यक्रम गर्ने उनले बताए ।

















