धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत पर्ने श्रीलंका क्षेत्र डुबानमा परेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा पर्ने श्रीलंका क्षेत्र डुबानमा परेको हो । डुबानका कारण सो गाउँका ३० घर परिवार पुर्ण रुपमा विस्थापित भएको वडा अध्यक्ष बिजय जोशीले बताए ।

पहाडी क्षेत्रमा बुधबारदेखि परेको पानीका कारण आएको बाढीले गाउँ नै डुवानमा परेका हो ।बाढीमा फसेकाहरुलाई झण्डै तीन घण्टा लगाएर उद्धार गरिएको अध्यक्ष जोशीले बताए ।

बाढीबाट विस्थापितलाई स्थानीय नवज्योती आधारभुत विल्द्यालयमा राखिएको जोशीले जानकारी दिए । त्यस्तै, बाढीका कारण कैलालीकै गोदावरी नगरपालिका– ७ समेत डुबानमा परेको छ ।



















