अत्तरिया – सुदूरपश्चिम प्रदेशमा शनिबार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट ५ सय ७२ नमूनाको कोरोना परिक्षण गर्दा ६ जना र पीसीआर बिधिबाट ९६ नमूनाको कोरोना परिक्षण गर्दा ३५ नमूनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ हजार १ सय ७४ पुगेको छ । जसमध्ये ३५ हजार १ सय ३१ जनाले कोरोना जितेका छन ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ४७ जनाले कोरोना जितेका छन ।निर्देशनालयले पछिल्लो २४ घण्टामा कसैको पनि कोरोना संक्रमणको कारण ज्यान नगएको जनाएको छ ।

प्रदेशका हालसम्म कोरोना संक्रमणका कारण ५ सय ७३ जनाको मृत्यु भईसकेको छ ।
२४ घण्टामा ६२७ नेपाल भित्रिए
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका बिभिन्न नाकाबाट ६ सय २७ जना नेपाल भित्रिएका छन । जसमध्ये गडडाचौकी नाकाबाट १ सय ८० जना, जुलाघाट नाकाबाट ४३ जना, गौरीफन्टा नाकाबाट ३ सय ९५ जना र दार्चुला नाकाबाट ९ जना नेपाल भित्रिएका छन ।
सीमानाकाबाट भित्रिएका मध्ये ३ सय ६० जनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गरिएकोमा १ जनामा संक्रमण पुुष्टि भएको छ । निर्देशनालयका अनुसार संक्रमण पुष्टि भएका नागरिक बैतडीको जुलाधाट नाकाबाट नेपाल भित्रिएका थिए ।


















