अत्तरिया – सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुने भन्दा पनि संक्रमित हुने संख्या बढ्दै गएको छ । प्रदेशमा मंगलबार निको हुने भन्दा तेब्बर बढी संक्रमित थपिएका छन ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा २० जनाले कोरना जितेका छन । सोहि अवधिमा प्रदेशमा थप ६१ नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट १ हजार ३ सय ६७ नमूनाको कोरोना परिक्षण गरिएकोमा २० जना र पीसीआर बिधिबाट ३ सय ४२ नमूनाको कोरोना परिक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ हजार ९८ पुगेको छ । जसमध्ये प्रदेशमा कोरोना निको हुनेको संख्या ३५ हजार ४९ पुगेको छ ।
प्रदेशमा सोमबार पनि १२ जनाले कोरोना जितेका थिए भने ४४ संक्रमित थपिएका थिए ।
यसैबिच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराका ४० बर्षीय पुरुष रहेका छन । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ७२ पुगेको छ ।

















