खाेज्नुहाेस

धनगढीका सामुदायिक विद्यालयहरुलाई निःशुल्क मास्क वितरण गरिने 

Image

धनगढी – निशेधाज्ञा खुकुलो बनाए संगै धनगढी उप–महानगरपालिकाले मास्क लगाउन अनिवार्य गर्न अभियान सुरु गरेको छ ।

कोरोनाको संक्रमण फैलिने क्रम नरोकिएकाले धनगढी उप–महानगरपालिकाले ‘कोभिड बिरुद्धको हाम्रो अभियान, अनिवार्य मास्कको प्रयोग नै जिवनको बरदान’ भन्ने नाराका साथ अनिवार्य मास्क अभियान नै सुरु गरेको छ । यस अभियानमा प्रहरी, प्रशासन, नेपाल रेडक्रस सोसाईटी र सामाजिक संघसंस्थाको साथ रहेको छ । नगरप्रमुख नृपबहादुर वडले मंगलबार बाट अभियान सुरु भएको घोषणा गरेका थिए ।

attariya hospital
navjiwan hospital

व्यापार व्यावसाय खुले संगै बजारमा चहलपहल बढेको छ नगरप्रमुख वडले भने, ‘अब जोखिम घटाउने उपाय भनेको अनिवार्य मास्क लगाउने कुरा मात्रै हो ।’ अभियानलाई सहयोग गर्न नगरप्रमुख वडले सबै संग आग्रह गरेका थिए । अभियानको प्रचारप्रसार गर्न सबै सचेत महानुभावहरु संग अनुरोध गर्दछौं नगरप्रमुख वडले भने, ‘अब मास्कले मात्रै संक्रमण घटाउन सकिन्छ ।’

धनगढी उपमहानगरपालिकाका  उप–प्रमुख सुशीला मिश्र भट्टले कोरोना रोकथामकै लागि बाध्यकारी अभियान सुरु गरेको बताईन् । कोरोनाको जोखिम अझै कायमै छ उप–प्रमुख भट्टले भनिन्, ‘त्यसैले मास्क नछोड्न सबैमा अनुरोध गर्दछौं ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले अभियानलाई बेवास्ता गर्दै मास्क प्रयोग नगर्नेलाई प्रहरीले कार्वाही सम्म गर्न सक्ने बताए । पहिले सम्झाउने काम प्रहरीले गर्छ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘लापर्वाही गर्नेलाई कार्वाही गरिन्छ ।’ धनगढी उप–महानगरपालिकाले मास्क खरिद गर्न नसक्ने, सामाुदायीक विद्यालयका विद्यार्थीलाई निशुल्क मास्क उपलब्ध गराउने छ ।