अत्तरिया – अत्तरियामा बेहोस अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ।

गोदावरी नगरपालिका – २ शर्मा स्टोर अगाडी बेहोस अवस्थामा भेटिएका अन्दाजी ४०/४५ बर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार साझ बेहोस अवस्थामा फेला परेका ती पुरुषलाई ईलाका प्रहरी कार्यालय मालखेतिबाट खटिएको प्रहरी टोलीले अत्तरियामै रहेको पदमा अस्पतालमा पुर्याएको थियो ।
यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि सेती प्रदेशिक अस्पतालमा लगिएको भएपनी उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले मृतकको शव सेती अस्पतालको शब गृहमा राखिएकाले आफन्तलाई फोटो र हुलियाका आधारमा सम्पर्क राख्न समेत आग्रह गरेको छ ।













