खाेज्नुहाेस

बैतडी जीप दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो

Image

बैतडी – बैतडीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । जीप दुर्घटनामा गम्भिर घाईते भएका सिगास गाउँपालिका ३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो ।

यसअघि उक्त दुर्घटनामा परी सिगास गाउँपालिका ३ का ४५ वर्षीय मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामीको मृत्यु भएको थियो ।
आइतबार बिहान सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गइरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा दुर्घटना भएको थियो ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का अनुसार दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

navjiwan hospital

सिगास गाउँपालिका ३ का १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण बोहरा र ४० वर्षीया गोमती साउँदको अवस्था गम्भीर रहेको खड्काले बताए ।

यस्तै सिगास गाउँपालिका ३ कै २९ बर्षीय करनसिंह धामी, ४५ बर्षीय दलबीर साउँद, ४० बर्षीय चक्र धामी, ३८ बर्षीय वासमती धामी, २० बर्षीया राजेन्द्र धामी, ४७ बर्षीय कृष्ण धामी, ४० बर्षीय शेरबहादुर धामी र २० बर्षीय रविन्द्र धामी समान्य घाइते भएका छन् ।

जिप चालक १९ बर्षीय खगेन्द्र साउँद र जिप साहु ४४ बर्षीउ हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ

जिपमा १६ जना सवार रहेका बताइएको छ । जिप सडकबाट करीब ५० मिटर तल खसेको जनाइएको छ । घाइतेहरुलाई अस्पताल पठाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।