खाेज्नुहाेस

कञ्चनपुरमा लागूऔषध मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका ६५ वर्षीय बुढा पक्राउ

Image

महेन्द्रनगर –  कञ्चनपुरमा लागूऔषध (चरेस) मुद्दामा ५ वर्ष कैद सजाय र ७५ हजार रुपैयाँ जरिवाना तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–८ तिलाचौरका ६५ वर्षीय चक्र बुढा रहेका छन्।

navjiwan hospital

जिल्ला अदालत कञ्चनपुरले २०७० भदौ १ गते लागूऔषध (चरेस) मुद्दामा बुढालाई ५ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

attariya hospital

फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।