महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कबाट खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

मंगलबार साँझ लागूऔषध सेवन गरिरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको हो।

पक्राउ पर्नेमा बाजुराको खप्तडछेडेदह गाउँपालिका–७ का १९ वर्षीय रोहित नेपालीसहित दुई जना रहेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।












