कञ्चनपुर – कञ्चनपुरमा रेस्टुरेन्टबाट प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार शुक्लाफाँटा नगरपालिका – ४ कलुवापुरका ४० वर्षीय भोज बहादुर ऐरले सञ्चालन गरेको रोड साइड रेस्टुरेन्टबाट ५ जुवाडे पक्राउ परेका हुन ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले ऐरसहित ५ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूको साथबाट ३० हजार ४० रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।















