धनगढी – काठमाडौंँबाट धनगढी आउँदै गरेको बस नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पल्टिदा ७ यात्रु घाइते भएका छन ।
बस अनियन्त्रित भएर पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते भएका हुन । सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिदाँ सुदूरपश्चिमका ७ यात्रु घाइते भएका छन ।

घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ बस्ने ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको साँफेबगर नगरपालिका–५ बस्ने २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका–३ बस्ने ३० वर्षीय भगवती अवस्थी, कैलालीको लम्कीचुहा नगरपालिका–८ बस्ने २९ वर्षीया निर्मला खड्का, दार्चुलाकै मार्मा गाउँपालिका–३ बस्ने ४८ वर्षीय धनञ्जय जोशी, कैलालीको गौरीगंगा नगरपालिका–१० बस्ने ३९ वर्षीय बसचालक इन्द्र विक र कैलालीको गोदावरी नगरपालिका–१ बस्ने ४६ वर्षीय सहचालक मोहन जोशी रहेका छन ।

घाइतेको उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको प्रहरीले जनाएको छ ।
बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रक नम्बर एचआर ३९ जी २८७६ मा समेत सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको छ ।
















