खाेज्नुहाेस

अत्तरियामा खुल्यो लाल्टिन क्याफे एण्ड बिस्ट्रो

Image

अत्तरिया – कैलालीको अत्तरियामा लाल्टिन क्याफे एण्ड बिस्ट्रो सञ्चालनमा आएको छ । आइतबार घटस्थापनाको शुभ साइत पारेर लाल्टिन क्याफे एण्ड बिस्ट्रोको पञ्चकन्याहरूबाट उद्घाटन गरिएको छ ।

तीन जना युवाहरू मिलेर सञ्चालनमा ल्याइएको क्याफे एण्ड बिस्ट्रोमा कफी, चिया सहित खाजाका आधुनिक र नेपाली परम्परागत परिकार पाइने बताइएको छ ।

attariya hospital

navjiwan hospital

सञ्चालक मनोज दहालले आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ युवाहरू मिलेर लाल्टिन क्याफे एण्ड बिस्ट्रो सञ्चालनमा ल्याइएको बताए । उनले सहरीकरणको विस्तार सँगै क्याफेहरूको विस्तार आवश्यक पर्ने भएकाले यसको सञ्चालन गरिएको बताए ।

अर्का सञ्चालक जय धामीले तीन युवाहरू मिलेर करिब १५ लाखको लगानीमा लाल्टिन क्याफे एण्ड बिस्ट्रो सञ्चालनमा आएको बताए । उनले युवाहरू मिलेर चिया पसल खोल्ने योजनाबाट लाल्टिन क्याफे एण्ड बिस्ट्रो जन्मिएको बताउँदै यसलाई थप स्तरीय र नेपालीका परम्परागत परिकार सँगै जोड्दै जाने बताए ।

उनले क्याफे एण्ड बिस्ट्रोमा चिया खाने, क्याफे स्पेस, परिवारीक स्पेस, स्मोकिङ जोन, छुट्टा छुटै राखिएको बताए ।

उनले युवाहरूलाई स्वदेशमै राख्नुपर्ने सोचका साथ व्यवसाय सुरु गरिएको बताए । उनले देशमा बेरोजगारीको समस्या भए पनि दक्ष जनशक्तिको भने अभाव रहेकोले राज्यको पनि यस्ता व्यवसाय प्रवर्धन गर्नको लागि वातावरण बनाउन आवश्यक रहेको बताए ।