खाेज्नुहाेस

सेतीमा कार्यरत स्टाफ नर्स सुशिलाको निधन

Image

धनगढी – अत्याधिक रक्तश्राव हुँदा सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत स्टाफ नर्स सुशिला विकको निधन भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ घर भएकी सुशीलाको आईतबार निधन भएको हो ।

प्रसूतिका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी उनले अत्यधिक रक्तश्रावका कारण विकको निधन भएको थियाे।

attariya hospital
navjiwan hospital

विक २०७८ सालदेखि नर्सिङ कर्मचारीका रुपमा सेवा करार कार्यक्रमअन्तर्गत सेती प्रादेशिक अस्पतालमा कार्यरत थिइन् ।

विकको निधनप्रति सेती प्रादेशिक अस्पतालले समेत शोक वक्तव्य जारी गरेको छ । अस्पतालले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ ।

यसअघि प्रकाशित समाचारमा केही तथ्य फरक पर्न गएकाले सच्याइएको छ ।