खाेज्नुहाेस

तपाईंको तरिका गलत छ कि ? यो हो पानी पिउने सही तरिका

Image

काठमाडौँ । बाँच्नको लागि तपाईँलाई के के चिज चाहिन्छ, एक पटक सोच्नुस् त ? खानेकुरा ? पानी ? हावा ? कि सामाजिक सञ्जाल ? वा अरू केहि ? पक्कै पनि बाँच्नको लागि सबैभन्दा आवश्यक तत्त्व पानी हो । वयस्के शरीरको लगभग ६० प्रतिशत पानी हो ।

पानीले शरीरको तापक्रम नियन्त्रण गर्न, कोषहरूमा पोषक तत्त्वहरू पुर्याउन र मिर्गौला मार्फत फोहोर हटाउन, अन्य शारीरिक कार्यहरूमा महत्त्वपूर्ण भूमिका खेल्छ । तर प्रशस्त पानी पिउनु मात्रै शरीरलाई स्वस्थ बनाइराख्न पर्याप्त छैन ।

attariya hospital

पानी कहिले र कति पिउनु पर्छ यो कुरा पनि थाहा पाउनु जरुरी छ । धेरै मानिसहरू २४ घण्टामा केवल आठ गिलास पानी पिउनमा ध्यान केन्द्रित गर्छन् । एक पटकमा धेरै पानी पिउनु हुँदैन । आजको यस लेखमा हामी पानीको सेवनसम्बन्धी केही महत्त्वपूर्ण जानकारी दिँदैछौं ।

दिनमा कति पिउनुपर्छ पानी ?

सबै मानिसले उत्तिकै मात्रामा पानी पिउनु पर्दैन । उमेर, लिङ्ग, शारीरिक गतिविधि र स्वास्थ्य अनुसार हरेकको आवश्यकता निर्भर गर्दछ ।

उमेर अनुसार पानीको आवश्यकता ।


पानी पिउनुको साथसाथै शरीरले जुस, दूध, सुप र तरकारीबाट पनि पानी प्राप्त गर्छ भन्ने कुरा ध्यानमा राख्नुपर्छ ।

के हो पानी पिउने सही तरिका ?

जर्नल अफ प्रिभेन्टिभ मेडिसिन एण्ड होलिस्टिक हेल्थ र अन्य अनुसन्धानका अनुसार

navjiwan hospital

तिर्खा लाग्दा पानी पिउनुहोस् : तिर्खा लाग्नु भनेको शरीरलाई तरल पदार्थको आवश्यकता भएको संकेत हो, त्यसैले पानी पिउन निश्चित गर्नुहोस् । तर, कहिलेकाहीँ बुढ्यौली वा रोगका कारण तिर्खा कम लाग्न सक्छ । यस्तो अवस्थामा एकैचोटि धेरै पानी पिउनुको सट्टा नियमित अन्तरालमा पानी पिउनुहोस् ।

सानो घुट्कीमा पानी पिउनुहोस : छोटो अन्तरालमा २ वा ३ लिटर पानी पिउनुहोस् । यसले शरीरलाई पानीको प्रभावकारी रूपमा उपयोग गर्न अनुमति दिन्छ ।

मौसम र शारीरिक गतिविधिलाई विचार गर्नुहोस : गर्मीको मौसममा, व्यायाम गर्दा वा अत्यधिक पसिना आउँदा शरीरलाई बढी पानी चाहिन्छ । यसको साथै इलेक्ट्रोलाइट्स सेवन पनि जरुरी छ ।

पिसाबको रंग : जब शरीरमा पर्याप्त पानी हुन्छ पिसाबको रंग हल्का पहेँलो वा लगभग सफा हुन्छ । तर, पिसाबको रंग धेरै पहेँलो छ भने यसले शरीरमा पानीको कमीलाई र निर्मलीकरणको संकेत गर्न सक्छ ।

पानीको अतिरिक्त, सुन्तला, काँक्रो, खरबुजा, नरिवलको पानी र अन्य फलफूल अनि तरकारीहरूबाट पनि शरीरले पानी पाउँछ । तर फलफूल मात्र खाँदा शरीरमा पानीको आवश्यकता पूरा हुन सक्दैन । त्यसैले पर्याप्त मात्रामा पानीको सेवन जरुरी छ ।

पानी पिउँदा हुने यस्ता गल्तीहरूबाट जरुरी छ बच्न

एकै पटकमा धेरै पानी पिउने : छोटो समयमा धेरै पानी पिउनु हुँदैन । छोटो समयमा धेरै पानी पिउँदा वाटर इन्टक्सिकेशन वा हाइपोनेट्रेमियाको खतरा बढ्न सक्छ । यो भनेको भनेको शरीरमा आवश्यकताभन्दा धेरै पानी जम्मा भएर रगतमा सोडियमको मात्रा असामान्य रूपमा कम हुने अवस्था हो । यसका कारण मस्तिष्कका कोषहरू सुन्निन सक्छन् । यो शरीरका लागि घातक मानिन्छ ।

केवल ८ गिलास पानी पिउने : आफूले ८ गिलास मात्रै पानी पिउनु पर्याप्त छ भन्ने ठानेर नबस्नुस् । यो नियम सबैमा लागू हुँदैन । सबै शरीरको पानीको आवश्यकता फरक–फरक हुन्छ ।

गुलियो पेय पदार्थ खाने : तपाईँ सफ्ट ड्रिंक्स, गुलियो जुस, वा चिनीयुक्त पेय पदार्थलाई पानीको विकल्प मान्नुहुन्छ ? तपाईंको यो सोच बदल्नुस् । यी वस्तुको सेवन गर्नाले शरीरमा अत्यधिक क्यालोरी र चिनी थपिन सक्छ । सादा पानी स्वास्थ्यको लागि बढी फाइदाजनक छ ।

तिर्खालाई बेवास्ता गर्ने : तपाईँलाई बारम्बार तिर्खा लाग्छ, मुख सुख्खा भइरहन्छ, थकान लाग्छ, चक्कर लाग्छ वा गाढा पहेँलो पिसाब लाग्छ भने, यी निर्जलीकरणका लक्षणहरू हुन् भन्ने कुरा मनमा राख्नुहोस् ।