खाेज्नुहाेस

यस्ता छन् च्याउ खानुका फाइदा

Image

च्याउ जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ। च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलित बनाउनेदेखि लिएर स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरको जोखिम कम गर्ने र मधुमेहको खतरालाई घटाउने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

मोटोपन घटाउनदेखि लिएर शरीरको रोग प्रतिरोधी क्षमता बढाउनमा पनि च्याउ सहयोगी हुने पोषणविद् केपी लम्साल बताउँछन् । उनका अनुसार च्याउ स्वास्थ्यका लागि अत्यन्तै लाभदायक र पोषक तत्वले भरिपूर्ण खानेकुरा हो । यसमा पर्याप्त मात्रामा भिटामिन ’बी’, फाइबर, पोटासियम र एन्टिअक्सिडेन्टहरू पाइन्छन्, जसले शरीरलाई विभिन्न रोगहरूबाट जोगाउन मद्दत गर्छन् ।

attariya hospital

स्वास्थ्यका लागि च्याउका मुख्य फाइदाहरू :

रोग प्रतिरोधात्मक क्षमता बढाउने : च्याउमा एर्गोथियोनाइन जस्ता शक्तिशाली एन्टिअक्सिडेन्ट र प्राकृतिक एन्टिबायोटिक गुण हुन्छन्, जसले शरीरको प्रतिरोधी क्षमता (इम्युनिटी) बढाउन मद्दत गर्छन् ।

navjiwan hospital

रक्तचाप नियन्त्रण गर्ने : यसमा पोटासियम बढी र सोडियम कम हुने भएकाले यसले रक्तचाप नियन्त्रण गर्न र मुटुलाई स्वस्थ राख्न सहयोग पु¥याउँछ ।

तौल घटाउन सहयोगी : च्याउमा उच्च प्रोटिन, प्रशस्त फाइबर र कम क्यालोरी/कोलेस्ट्रोल हुन्छ । यसले धेरै समयसम्म पेट भरिएको महसुस गराई मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।

रक्तअल्पताबाट बचाउने : च्याउमा पाइने आइरन र कपरले शरीरमा रगतको कमी हुन दिँदैन । तसर्थ, रक्तअल्पता (एनिमिया) का बिरामीका लागि यो निकै उपयोगी छ ।

क्यान्सरको जोखिम कम गर्ने : विभिन्न अनुसन्धानका अनुसार च्याउको नियमित सेवनले क्यान्सर जस्ता प्राणघातक रोगको जोखिमलाई न्यूनीकरण गर्न सघाउँछ ।

ऊर्जा र मानसिक स्वास्थ्य : यसमा पाइने भिटामिन ‘बी’ ले खानालाई ऊर्जामा बदल्न र स्नायु प्रणालीलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ ।