खाेज्नुहाेस

एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुन

Image
file photo

नेपाली बजारमा आज (बुधबार) पनि सुन-चाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार चार सय रूपैयाँ बढेको हो।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

attariya hospital

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा चार हजार तीन सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार चार सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।