काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ९०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार २४० निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन २ लाख ८२ हजार १०० र चाँदी रु चार हजार २०० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


















