काठमाडौं ।–संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो ।

राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि प्रतिनिधिसभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ ।

यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको हो । बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयक, २०८३ पनि पेश गरे ।


















