खाेज्नुहाेस

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

Image

अत्तरिया – कैलालीका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

navjiwan hospital

धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने २ सय मिलिग्राम पदार्थसहित धनगढी उपमहानगरपालिका–१ निवासी २४ वर्षीय पवन गुप्तालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ।

attariya hospital

त्यसैगरी, टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने १ ग्राम ७० मिलिग्राम पदार्थसहित टिकापुर नगरपालिका–१ ब्लक नम्बर २३ निवासी १८ वर्षीय किशोरलाई बिहीबार साँझ पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।