खाेज्नुहाेस

कुसुमघाटबाट खैरो हेरोइनसहित एक युवक पक्राउ

Image

धनगढी  – कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

navjiwan hospital

शुक्रबार बेलुकी भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका जानकी गाउँपालिका–७ निवासी २३ वर्षीय नरेन्द्र चौधरीलाई १ ग्राम ८७० मिलिग्राम खैरो हेरोइनजस्तो धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

attariya hospital

प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका चौधरीलाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेपछि नियन्त्रणमा लिएको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।