खाेज्नुहाेस

कैलालीमा भन्सार छलीको आइसक्रिम बरामद

Image
oplus_34

अत्तरिया  – कैलालीको कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको आइसक्रिम बरामद गरेको छ।

navjiwan hospital

इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीबार बेवारिसे अवस्थामा फेला परेको अन्दाजी ३० हजार रुपैयाँ मूल्य बराबरको आइसक्रिम नियन्त्रणमा लिएको हो।

attariya hospital

प्रहरीका अनुसार उक्त आइसक्रिम अवैध रूपमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको थियो। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।