खाेज्नुहाेस

गोदावरीमा आपतकालीन प्रतिकार्य र आगलागी रोकथाम सम्बन्धि पूर्वअभ्यास

Image

अत्तरिया– गोदावरी नगरपालिकामा प्रतिकार्य र आगलागी रोकथाम सम्बन्धि पूर्वअभ्यास कार्यक्रम सञ्चालन गरिएको छ । गोदावरी नगरपालिकाले नगरका १२ वटै वडाहरुमा सो अभ्यास सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।

यूरोपेली आयोगको आर्थिक तथा यु.एन.डि.पि. नेपाल, युनिसेफ नेपाल, यु.एन.वमन र हेन्डीक्याप ईन्टरनेसनको प्राविधिक एवं स्थानीय साझेदार संस्था रुडुक नेपाल द्वारा संचालित शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी (सुपर) परियोजना मार्फत सो कार्यक्रम आयोजना गरिएको थियो ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा घरायसी तथा सामुदायिक रुपमा आगलागी नियन्त्रणका दौरानमा प्रतिकार्य चरणलाई प्रभावकारी व्यवस्थापन तथा आपतकालिन अवस्थामा समन्वय गरी विपद् पुर्वतयारी र प्रतिकार्य सहित क्षती न्यूनीकरणमा बिद्यालय तथा समुदायस्तरमा रहेका स्वयंसेवकहरु, छात्र छात्राहरुलाई सहभागि गराएर अभ्यास गरिएको थियो ।

सम्पुर्ण वडाका सामुदायिक स्थानहरुमा सञ्चालन गरिएको सो कार्यक्रममा प्रयोगात्मक रुपमा विद्यार्थी तथा स्वयंसेवकहरुलाई आगलागी हुन सक्ने अवस्था र आगलागीको नियन्त्रणका विषयमा जानकारी गराईएको थियो । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधिहरु, स्थानिय समुदायका अगुवा व्यक्तिहरु, स्वयंसेक तथा विद्यार्थिहरुको सहभागिता रहेको थियो । आगामी दिनमा यस्ता खाले जनचेतनामुलक कार्यक्रमहरुले विपद् प्रतिकार्यका लागि प्रविधि र मानवीय संशाधनको उचित परिचालन, विपद् प्रतिकार्यमा संलग्न सरोकारवाला विच प्रभावकारी समन्वय हुने आयोजकले अपेक्षा लिएको छ ।

कार्यक्रममा बोल्दै परियाजना अधिकृत मृदुल जोशीले प्रत्यक्ष प्रयोगात्मक अभ्यास मार्फत स्थानियलाई आगलागी र आपतकालीन प्रतिकार्य सम्बन्धी व्यवहारीक ज्ञान दिएको बताए । उनले कार्यक्रममा आगो नियन्त्रण तथा निभाउने विभिन्न विधि र प्रविधिहरू प्रदर्शन तथा अभ्यास गरिएको बताए । उनका अनुसार सो अभ्यासले समुदायमा सचेतना, तयारी र आपतकालीन अवस्थालाई प्रभावकारी रूपमा सामना गर्ने क्षमता अभिवृद्धि गर्ने छ । यसले स्थानीय समुदायहरूको सुरक्षा र समग्र उत्थानशिलता बढाउन महत्वपूर्ण योगदान पु¥याउने उनको भनाई छ ।