अत्तरिया – प्रहरीले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब रु. २ लाख ६४ हजार ९ सय मूल्य बराबरका सामान नियन्त्रणमा लिएको छ।

बुधबार धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट, वडा नम्बर ९ त्रिवेणीघाट, भजनी नगरपालिका–९ झोलुङ्गे पुल नजिक तथा कैलारी गाउँपालिका–५ पबेरा र गोबरेलाबाट भारतबाट अवैध रूपमा ल्याइएका सामान बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

बरामद सामानमा पेय पदार्थ, बिडी, सुर्ती, मसला, हेण्ड पम्प, बल–वासर, वासर, लसुन, माछा तथा एक थान मोटरसाइकल लगायतका सामग्री रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।



















