अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा लागूऔषधसहित एक महिला पक्राउ परेकी छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले अत्तरियामा डेरा गरी बस्दै आएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ महेन्द्रनगर घर भएकी ३६ वर्षीया ममता भट्टलाई १ ग्राम १६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित बुधबार बिहान पक्राउ गरेको हो।

प्रहरीले उनको डेरा कोठामा खानतलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारेपछि नियन्त्रणमा लिएको जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















