
अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– २ मा तातो हावा लु सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको आयोजनामा बुधबार कार्यक्रम आयोजना गरिएको हो ।
जिविकोपार्जन र जैविक विविधताको लागि समुदायको सशक्तिकरण कार्यक्रम (इकोल्याब) परियोजना अन्तरगत सो कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा अत्तरियाका अध्यक्ष भरत खड्काले जानकारी दिए । ‘गर्मीको जोखिम बुझौँ, पूर्वतयारी गरौँ, सुरक्षित जीवन जिऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रम मा विभिन्न तातो हावा लु बाट बच्ने विभिन्न किसिमका पर्चा पम्पलेटहरु बोकेर ¥यालीको आयोजना गरिएको खड्काले बताए । कार्यक्रममा विभिन्न स्थानिय व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

















