
धनगढी – कैलारी गाउँपालिका–१ स्थित वनदेवी मन्दिर क्षेत्रमा पिकनिक मनाउन गएका स्थानीयबीच भएको झडपमा प्रहरीसहित ६ जना घाइते भएका छन्। झडप नियन्त्रण गर्न पुगेका प्रहरीमाथि पनि आक्रमण भएपछि सई साउनसिंह क्षेत्री भाटसहित तीन प्रहरी र तीन स्थानीय घाइते भएका हुन्।
घटनामा संलग्न २० वर्षीय स्वरुप कठरिया, २३ वर्षीय दिलीप कठरिया र २१ वर्षीय अरमान कठरियालाई प्रहरीले पक्राउ गरेको छ। खुकुरी, खुडा र चक्कु प्रयोग गरी आक्रमण गरिएको प्रहरीको भनाइ छ। अन्य फरार व्यक्तिको खोजी भइरहेको छ।


















