खाेज्नुहाेस

हलौडेका घरघरमा खानेपानीको धारा निर्माण हुँदै, स्थानीय हर्षित

Image

अत्तरिया – विकासका पूर्वाधारको अभावै अभाव रहेको गोदावरी नगरपालिका – १२ तल्लो हलौडेमा घरघरमा खानेपानीको धारा निर्माण गर्न थालिएको छ । लामो समय देखि खानेपानीको खानेपानीको समस्या भोग्दै आएका सो क्षेत्रमा ४ वर्ष अघि पाइपबाट मुलको पानी पुगाइएको भए पनि व्यवस्थित हुन सकेको थिएन । हाल खानेपानीको धारा प्रत्येक घरमा निर्माण गर्न थालिएपछि स्थानीय हर्षित भएका छन ।

स्थानीय प्रकाश सिंह साउँदले खानेपानीको निकै समस्या भए पनि हाल घारा निर्माण हुन थालेपछि खुसी भएको बताए । ‘हाम्रो बस्तीमा खानेपानीको निकै समस्या थियो’ तल्लो हलौडे खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका उनले भने ‘४ वर्ष अघि नगरपालिकाले दिएको पाइपबाट मुलको पानी श्रमदान गरेर बस्तीमा पुगाएको भए पनि व्यवस्थित थिएन । अहिले घरघरमा धारा निर्माण भएर व्यवस्थित भएको छ ।’ उनले हाल मुहानमा १४ मिटर इन्टेक निर्माण गरिएको, पाइप खोदान गरेर विस्तार गरेर १९ वटा घरमा व्यवस्थित धारा निर्माण गरिएको बताए ।

attariya hospital
navjiwan hospital

स्थानीय घनश्याम धामीले धारा निर्माण भएपछि खानेपानीको समस्या समाधान हुने बताए । उनले पहिले खोलाको पानी खानुपर्ने बाध्यता रहेको बताउँदै हाल खानेपानी व्यवस्थित बन्दै गएको बताए ।

स्थानीय राजमती साउँदले घर घरमा खानेपानीको धारा निर्माण भएपछि पहिलेको भन्दा सहज हुने बताइन । उनले मुलको पानी गाउँमा पुगेको भए पनि धेरै घरले एकै ठाउँमा पानी भर्नुपर्दा समस्या हुने गरेको बताउँदै घर घरमा धार जडान भए पनि सहज हुने बताइन ।

वडाध्यक्ष भीम बहादुर खड्काले बस्तीमा भएको खानेपानीको समस्या समाधान हुने बताए । ‘पहिले पनि ३ किलोमिटर टाढाको पानी पाइपबाट बस्तीमा पुगाइएका थियौ । त्यो अस्थायी समाधान मात्रै थियो । कति बेला बाढीले बगाउने, मूल बिगार्ने समस्या थियो’ उनले भने ‘याक नेपाल नामक संस्था र नगरबाट सहयोग गरेर व्यवस्थित गरिँदै छ । यसमा ५ लाख याक नेपालले र २ लाख नगरपालिकाले सहयोग गरेको थियो । पहिले सार्वजनिक धाराबाट पानी खानुपथ्र्यो । अब घर घरमा धारा बनेपछि सहज हुने छ ।’

याक नेपालका पोषण परियोजना संयोजक रमण जोशीले खानेपानीले पोषणमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने ‘खानेपानीले पोषणमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसले पोषणमा सुधार ल्याउन सहयोग गर्छ भनेर हामीले कार्यक्रम सञ्चालन गरेका छौ ।’