खाेज्नुहाेस

कैलालीमा लागूऔषध सहित तीन जना पक्राउ

Image

अत्तरिया  – कैलालीको बर्दगोरिया गाउँपालिका–२ बर्दगोरियाबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ गरिएको कारबाहीमा ५०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

navjiwan hospital

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–१ बस्ने १९ वर्षीय रोशन विश्वकर्मा, १८ वर्षीय एक किशोर तथा घोडाघोडी नगरपालिका–६ बस्ने १९ वर्षीय अविशेक साउद रहेका छन् ।

attariya hospital

इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।