खाेज्नुहाेस

विद्यालयको नामबाट आफ्ना बेदनाका गित

Image

श्रीसम्पत्ति कमाउ भन्या दिनैन दशाले ।
न लाग्दैन जागिरीमा गरिबी नशाले ।।

र्जन्या बागका जसी डर लागन्छ रिन्की ।
लेखो हाल्लेई भाविनिले गल्ती गरि थिन्की ।।

attariya hospital

सरी परिवार पालु कसरी हण ढाकु ।
निष्ठुरी मान्छेका ठौर कैखी मद्दत मागु ।।

navjiwan hospital

मान मर्यादा क्यै आथिन निर्धनी पनाले ।
विगड्यो जिन्दगी मेरो भाग्य लागनाले ।।

तिर हान्यो दैवले मेरा खान्या चानसमी ।
खाली बत्ति के बल्ली हो सुनका पानसमी ।।

डोल्यो त मै मात्तर डोल्यो लेखन्या भावीले ।
टीको लाउनु फुल पैरनु छुटायो पापीले ।।

लेखक : शेर बहादुर साउँद
दिपायल सिलगडी नगरपालिका– १ गोसेडा, डोटी
(लेखक श्री मगलेक मावि तिखा डोटीका पूर्व शिक्षक हुन ।)

(उक्त गित तत्कालिन समयमा आफूले अध्यापन गराउदै आएको विद्यालयको नामबाट लेखिएको हो । हाल सो विद्यालयको नाम श्री मगलेक मावि तिखा डोटी भएको छ ।)