खाेज्नुहाेस

१९ महिनापछि बनेको बेलौरीको शिवनगर मेन नहर फेरी भत्किन थाल्यो 

Image

सन्तोष पन्त, बेलौरी – बाढीले भत्काएको शिवनगर मेन नहर १९ महिनापछि पुनर्निर्माण गरी पानी छोडिदा फेरि भत्किन थालेको छ । 
२०८१ को असार २२ देखि २४ गतेसम्मको अविरल वर्षाका कारण चौधर नदीमा आएको बाढीले बेलडाडी गाउँ पालिका ५ भुर्षामा भत्किएको नहरको पुनर्निर्माण कार्य १९ महिनापछि सम्पन्न भइ पानी छोडिदा विभिन्न ठाउँमा भत्किन सुरु भएको हो। 

बिहीबारदेखि नहरमा पानी सुचारु गरिदा केही दिनअघि बेलडाडी गाउँ पालिका ५ झिलमिलामा नहर फुटेको थियो भने आज बेलौरी नगरपालिका १० भुडामा फुटेको छ  । 

attariya hospital
navjiwan hospital

नहर भत्किएर किसानका खेत जलमग्न भएका छन । भर्खरै खेतमा उखु लगाएका किसानलाई भने अफ्ट्यारोमा परेका छन । 

लामोसमय सम्म नहर सुख्खा हुँदा पानी छोडिएपछी भत्किएको महाकाली सिँचाइ जल उपभोक्ता संघका केन्द्रिय अध्यक्ष भिम बहादुर थापाले बताए । उनका अनुसार अहिले भने पानी रोकिएको छ ।