खाेज्नुहाेस

बैतडीको बनारसी धाममा महाकुम्भ मेला लाग्ने

Image

अत्तरिया – बैतडीको पाटन नगरपालिका – ३ मा रहेको बनारसी धाम, विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरमा महाकुम्भ मेला लाग्ने भएको छ । यो वर्ष १४४ वर्षमा कुम्भ मेला लाग्ने धामका पिठाधिश्वर आचार्य गणेशप्रसाद पन्तले बताए ।

बनारसी धाममा हरेक कुम्भ लाग्ने गरेको छ भने १२ वर्षमा महाकुम्भ मेला लाग्ने गर्दछ । यो वर्ष १४४ वर्षको अवसरमा माघ १ गते मकर स्नानसँगै महाकुम्भ मेला लाग्ने पन्तले बताए ।
महाकुम्भ मेला अन्तरगत माघ १ गते देखि मकर स्नान, माघ ५ गतेदेखि नवरात्र सुरू हुने र माघ १० गते मुलपूजा, २२ ताल स्नान, ठूली जाँत हुने आचार्य पन्तले बताए ।

attariya hospital
navjiwan hospital

उक्त मेलामा बैतडीसहित भारतको उत्तराखण्ड र उत्तर प्रदेशबाट भक्तजन आउने गरेको गरेका छन ।

बनारसी धाममा ४२१ वर्ष अगाडि छुवाछूत उन्मुलन गरिएको थियो । त्यहाँ कुनै पनि किसिमको जातीय विभेद गर्न पाइदैन । बैतडीको पाटन – ३ मा रहेको तत्कालीन मैनावतीकोटका महाराजा मानुक चन्दको पालादेखि वीरभद्र, वसी पन्त र गोपेश्वर पन्त लगायतका राजगुरूहरूको पहलमा बनारसी धाममा छुवाछूतरहित समावेशीमुलक व्यवहार गर्न थालिएको पन्तले बताए ।

बनारसी धाममा मूल पुजारी वयनी लुहार थरका व्यक्ति रहने परम्परा छ । धामको मूल पुजारीमा अहिले ६ जना दलित समुदायका व्यक्ति छन् । जसमा कुणीका धिरे लुहार, बस्तीका पदमे लुहार, बोहरीका गौरे लुहार, नङाणीबाटाका नरिभान लुहार, खिपालीका झुले लुहार र गोकुलेश्वरबाट जनक लुहार मन्दिरका मूल पुजारी रहेका छन । पुजा गर्न सबैभन्दा पहिले कुणीबाट पालो सुरू हुने र क्रमशः गोकुलेश्वका पुजारीले पूजा लगाउने नियम छ ।