खाेज्नुहाेस

कैलालीबाट २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ 

Image
अत्तरिया – कैलालीबाट प्रहरीले २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत बझाङले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकेका बझाङको सुर्मा गाउँपालिका – २ का ५४ वर्षीय रङ्ग लाल बोहरा पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय बझाङ र इलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका – १९ फुलवारीबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रहरीले सोमबार नै कैलालीको घोडाघोडीबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले वन मुद्दामा ५ महिना ६ दिन कैद सजाय र ६० हजार ६२४ रुपैयाँ जरिवाना तोकिएका घोडाघोडी नगरपालिका – ४ का ३६ वर्षीय भुवन रतोकीलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।