खाेज्नुहाेस

सुदूरपश्चिममै रोजगारी सिर्जना गर

Image

सुदूरपश्चिमका युवाहरू बर्सेनि भारतमा रोजगारीका लागि जान बाध्य छन् । दसैँको छुट्टी मनाएर नेपाल फर्किएका ती युवा केही दिनपछि पुनः भारतका विभिन्न सहरहरूमा जाने गर्छन् । सुदूरपश्चिमका जिल्लाहरू दुर्गमता, पूर्वाधारको कमी, किसानहरूको सीमित उत्पादन क्षमता आदिका कारण आर्थिक सम्भावना सीमित छन् ।

उद्योग, साना व्यवसाय, सेवा क्षेत्र, प्रविधि र पर्यटन जस्ता रोजगारी दिने क्षेत्र पर्याप्त रूपमा विकास भएका छैनन् । धेरै युवा शिक्षित छन्, तर उनीहरूको सीप र बजार मागबिच मेल छैन । विधाका विद्यार्थीहरूले जहाँ अवसर कम छ, त्यहाँ पढेका विषय बेरोजगार हुन्छन् । जसले गर्दा यहाँबाट लाखौँ युवा बर्सेनि भारत जस्तो छिमेकी देशमा बाध्य छन् । भारतमा यात्रा, भाषा, परिचय आदि सजिलो भएकाले पनि युवाहरू कम लगानीमा जान सकिने गन्तव्य भारतलाई रोज्छन् ।

add everest academy
attariya hospital
navjiwan hospital

वषौँ देखिको यो समस्या समाधानका लागि अब सरकारले पहल कदमी लिन आवश्यक छन् । जसका लागि किसानहरूले उत्पादन मात्र होइन मूल्य वृद्धि गर्ने तरिका अपनाउनुपर्छ जस्तो प्रशोधन, प्याकेजिङ्ग, उपभोक्ता उत्पादन, जैविक खेती, स्थानीय ब्रान्ड गर्न जोड दिनुपर्छ । साना उद्योग, हस्तकलाकार, ग्रामीण पर्यटन, वन उद्योग आदि क्षेत्रमा लगानी हुनु जरुरी छ । स्थानीय तहले युवाहरूलाई बजार अनुरूप सीप जस्तैः इन्फर्मेशन टेक्नोलोजी, स्थापना, मरम्मत, खाना निर्माण, हस्तकला सिकाउने कार्यक्रममा जोड दिनुपर्छ ।

निजी क्षेत्रसँग साझेदारी गरी प्रशिक्षित गरिएको युवाहरूलाई रोजगारी दिन प्रेरित गर्नु पर्छ । साना उद्यम खोल्न चाहनेलाई प्रारम्भिक पूँजी, सस्तो ऋण, कर सहायता, बजार परिचय, व्यापार प्रदर्शनी जस्ता अवसर दिनुपर्छ । राज्य स्तरमा भने “ग्रामीण उद्यम प्रोत्साहन नीति” ल्याउनुपर्छ । स्थानीय सरकारहरूलाई थप अधिकार र पर्याप्त बजेट दिएर उनीहरूले आफ्नै विकास योजना सञ्चालन गर्न सक्षम हुनुपर्छ ।

विकास कार्यक्रमहरूको योजना र कार्यान्वयन सबै तहमा समावेशी हुनुपर्छ । पिछडिएका क्षेत्रमा उद्योग स्थापना गर्न कर छुट, सुविधाजनक पूर्वाधार र प्रशासनिक सहजता जस्ता प्रोत्साहन दिनुपर्छ ।

attariya technical collage

जबसम्म हाम्रो नीति र कार्यक्रमहरू युवा–शक्तिलाई स्वदेशमै रोजगारी दिन खाँचो आधारमा केन्द्रित हुँदैनन्, तबसम्म उनीहरू विदेश पलायन भएर जान बाध्य रहिरहने छन् । त्यसैले स्वदेशमै रोजगारी सिर्जना गर्नु राज्यले गम्भीर भएर लाग्न जरुरी छ ।