कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा बेदकोट नगरपालिका–२ की १९ वर्षकी पुष्पा जोशी र २२ वर्षीय सुरज बिष्टलाई प्रहरीले भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३ ग्राम ७३० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


दुबै जनालाई लागु औषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
















