अत्तरिया– दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका – ६ निसिलस्थित गजुरानी भन्ने स्थानमा जिप दुर्घटना हुँदा सोही ठाउँका २८ वर्षिय नरेश पालको मृत्यु भएको हो ।

आइतबार सोही नगरपालिकाको वडा नम्बर ९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । कार्यालयका प्रहरी निरिक्षक (इन्सपेक्टर) छत्र बहादुर रोकायाका अनुसार दुुर्घटनामा ड्राइभर सहित ११ जना घाईते भएका छन ।

घाइतेमध्ये ७ जनाको अवस्था सामान्य रहेको र उनिहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको बताउदै प्रहरी निरिक्षक रावतले बाँकी ४ जनाको अवस्था मध्यम रहेकाले उनिहरुलाई उपचारका लागि धनगढी पठाईएको बताए ।
उनका अनुसार जिपमा क्रिकेट प्रतियोगिता खेलेर फर्किएका खेलाडी र ड्राईभर गरी १४ जना सवार थिए । २ जनालाई झारेर कच्ची सडकको उकालो भागमा स्टार्ट नहुँदा ब्याक भएर सडकबाट करिब ५० मिटर तल जिप खसेको उनले बताए ।


















