खाेज्नुहाेस

धनगढी बस दुर्घटना अपडेट : १ जनाको मृत्यु, २० घाइते

Image

अत्तरिया – कैलालीको धनगढीमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धनगढीको बोराडाडीमा ना २ ख १९०७ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

दुर्घटनामा पैदल यात्रीको ६० वर्षीय गणेश शाहीको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

attariya hospital

पैदल यात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको बस सडक किनारामा पल्टिएर दुर्घटना हुँदा २० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको धनगढीमा रहेको मायामेट्रो र निसर्ग अस्पतालमा उपचार भइरहेको ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ । बसमा २० जना सवार रहेका थिए ।