अत्तरिया – दैजी जोगबुडा सडक अन्तरगत कञ्चनपुरको बेदकोट नगरपालिका – ३ सिउडीबागस्थित जिप दुर्घटना भएको छ ।

से १ ज ४१७ नम्बरको जिप दुर्घटना भएको र अहिले प्रहरी घटनास्थलमा पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाकी रहेको प्रहरीको भनाइ छ ।

घटनास्थलमा पुगेका स्थानीयले भने दुर्घटनामा एक जना नाबालिकाको घटना स्थलमै मृत्यु भएको बताएका छन् ।
*Update : दैजी जोगबुडा सडक जिप दुर्घटना अपडेट : एक बालिकाको मृत्यु, ८ घाइते
















