खाेज्नुहाेस

कञ्चनपुरमा पङ्खा जोड्दा करेन्ट लागेर एक महिलाको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरमा पङ्खा जोड्दा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–१० देउराली टोलकी ५५ वर्षीय करडीदेवी रावतको करेन्ट लागेर मृत्यु भएको हो।

navjiwan hospital

सोमवार दिउँसो आफ्नै घरको कोठामा टेबुल पङ्खा विद्युत्को पलकमा जोड्ने क्रममा हातमा करेन्ट लागेर करडीदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनको घटना स्थलमा नै उनको मृत्यु भएको प्रहरीले बताएको छ।

attariya hospital

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।