अत्तरिया – प्रहरीले कैलाली कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट भन्सार छलीको सामान बरामद गरेको छ । आइतबार धनगढी उपमहानगरपालिका – २ त्रिनगर भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका ६९ हजार ९१८० रुपैयाँ बराबरको समान बरामद गरेको छ ।


जसमा सुट पिस, कुर्ती, जुत्ता, प्लास्टिक झिल्ली लगायतका सामानहरू रहेको प्रहरीले जनाएको छ ।
यस्तै आइतबार नै कञ्चनपुरको भीमदत्त नगरपालिका – १० सुकासाल र भीमदत्त नगरपालिका – ११ भुजेलाबाट २ लाख २२ हजार ७६० रुपैयाँ बराबरको चिनी, मिठाई, इलेकट्रोनिक, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

















