खाेज्नुहाेस

कञ्चनपुरबाट अवैध सामान बरामद 

Image
अत्तरिया – कञ्चनपुरबाट प्रहरीले भन्सार छलीको अवैध सामान बरामद गरेको छ । बुधवार भीमदत्त नगरपालिका – ४ बसपार्क, गोबरीया र भीमदत्त नगरपालिका – ७ हल्दुखालबाट अवैध भन्सार छलीको सामान बरामद गरिएको हो ।
attariya hospital
navjiwan hospital
जसअन्तर्गत अन्दाजी २ लाख ७४ हजार ४०० सय बराबरका विभिन्न किसिमका कपडा, किराना, एक थान मोटरसाइकल लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।