खाेज्नुहाेस

कञ्चनपुरबाट लागू औषध सहित २ जना पक्राउ 

Image
कञ्चनपुर – कञ्चनपुरबाट लागू औषध सहित दुई जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कञ्चनपुरको गड्डाचौकी नाकाबाट लागू औषधसहित दुई युवालाई पक्राउ गरेको हो ।
attariya hospital
navjiwan hospital
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ जानकी टोलका आशिष् नेपाली र सोही ठाउँका अर्जुन दमाई रहेका छन् ।
उनीहरूको साथबाट ७२ थान ब्युप्रेनोर्फिन हाइड्रोक्लोराइड र ९० थान प्रोमेथाजिन हाइड्रोक्लोराइड गरी जम्मा १६२ थान सुई लाग्ने औषधि (एम्पुल) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।