खाेज्नुहाेस

‘कञ्चनपुर टी–ट्वान्टी क्रिकेट’ को दोस्रो संस्करण असोज १३ देखि सुरु हुने

Image

कञ्चनपुर – कञ्चनपुर टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण असोज १३ गतेदेखि सुरु हुने भएको छ । गत वर्षबाट सुरु गरिएको प्रतियोगितालाई आयोजक शिद्धेश्वर जय पृथ्वी क्लबले यस वर्षमा पनि निरन्तरता दिने भएको हो ।

बेलौरी नगरपालिका १० शिव नगरमा हुने प्रतियोगिता असोज २६ गतेसम्म चल्ने आयोजकले जनाएको छ । प्राय ः टेनिस बलबाट कञ्चनपुरमा क्रिकेट प्रतियोगिता हुने समयमा क्लबले भने लेदर बल मार्फत यो प्रतियोगिता आयोजना गर्दै छ ।

attariya hospital
navjiwan hospital

प्रतियोगिताको उद्देश्य अवसरको खोजीमा रहेका स्थानीय खेलाडीलाई प्रतिभा देखाउने अवसर दिनु रहेको खेल सञ्चालक समितिका संयोजक दीपक खड्काले बताए । उनका अनुसार प्रतियोगितामा जुनसुकै टिमले सहभागिता जनाउन सक्ने छन् । टाढाको टिमलाई बस्ने व्यवस्था मिलाइने छ ।

प्रतियोगितामा सहभागी हुने इच्छुक टिमका लागि दर्ता खुला गरिएको छ । असोज ११ गतेसम्म टिम दर्ता गराई सक्नु पर्ने छ । टिम दर्ता शुल्क १५ हजार राखिएको छ । यस वर्ष भने पुरस्कार रकम बढाइएको छ । प्रतियोगिताको विजेता टिमलाई २ लाख र उपविजेता टिमलाई १ लाख सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताभरका उत्कृष्ट खेलाडीलाई ५ हजारसहित ट्रफी प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५ हजार सहित ट्रफी प्रदान गरिने छ । प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीले ५ सय पाउने छन् ।

पहिलो सिजनको प्रतियोगिताको उपाधि मालिकार्जून हार्डवेयर प्रालि अत्तरियाले हात पारेको थियो भने धनगढीको सुप होस्टेल उपविजेतामा चित्त बुझाएको थियो । पहिलो सिजनको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहेको थियो । यस वर्ष पनि थुप्रै राष्ट्रिय खेलाडीहरूको उपस्थिति रहने आयोजकको विश्वास छ ।