अत्तरिया– निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन । संघको शनिबार सम्पन्न भएको निर्वाचनबाट प्रतिष्पर्धी निरञ्जन प्रसाद भट्टलाई १७ मतले पराजित गर्दै अवस्थी अध्यक्षमा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार अवस्थीले १४९ मत पाउँदा उनका प्रतिष्पर्धी भट्टले १३२ मत प्राप्त गरे । संघको वरिष्ठ उपाध्यक्षमा देव बहादुर चन्द निर्वाचित भए । प्रतिष्पर्धी अमर बहादुर बमलाई पराजित गर्दै चन्द निर्वाचित भएका हुन । चन्दले १६९ मत प्राप्त गर्दा बमले १०७ मत पाए । यस्तै उपाध्यक्षमा यज्ञराज बैजले १४८ मत पाएर निर्वाचित हुँदा उनका प्रतिष्पर्धी दिपक भट्टले १३२ मत पाए ।

महासचिवमा देवी दत्त भट्ट १६६ मत सहित निर्वाचित हुँदा उनका प्रतिष्पर्धी योगेन्द्र ठकुराठीले ११४ मत पाए । कोषाध्यक्षमा हेम बहादुर महरा १३५ मत पाएर विजयी भए । उनको प्रतिष्पर्धीका रुपमा पदमराज भट्टले ८१ र चित्र बहादुर कार्कीले ५६ मत प्राप्त गरे । यसैगरी सदस्यहरुमा गणेश सुवेदी (१९०), चन्द्र सिँह कार्की (१४३), दिपक कार्की दिपिन (१७०), नविन चन्द (१५८), मनिराज रेग्मी (१४७), महेश जोशी (१७२) र सन्तोष खत्री (१५२) मत ल्याएर विजयी भए ।
















