खाेज्नुहाेस

गृहमन्त्रीद्धारा कञ्चनपुरको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

Image

कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले शनिबार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

navjiwan hospital

यसै साता आएको बाढीले जोबगुढा नदीको बाँध भत्किएर बस्ती बाढी पस्दा दोधारा चाँदनी नगरपालिकाका पटराखल्ला, सुन्दरबस्ती रामपुरे टापु र जर्गाका ५७ घर डुबानमा परेका थिए भने एक सय ५० बढी नागरिक विस्थापित भएका थिए। उक्त बाँध भत्किएको क्षेत्रको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले जोगबुढा नदीबाट बस्ती जोगाउन चालु आर्थिक वर्षमा तटबन्ध निमार्ण गर्नेगरी बजेट विनियोजन भइसकेको जानकारी दिए।

attariya hospital

गृहमन्त्री लेखकसँग बाढी विस्थापित नागरिकले गृहमन्त्री लेखकसँग सरकारले राहतभन्दा पनि बस्ती जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने माग गरेका छन्।