खाेज्नुहाेस

कञ्चनपुरबाट अवैध सामान बरामद 

Image
file photo
अत्तरिया – कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । शनिवार बेलौरी नगरपालिका – १ खल्ला र पुनर्वास नगरपालिका – ८ कंकडबाट अवैध  रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३२ हजार ८ सय मूल्य बराबरका सामान बरामद गरिएको हो ।
navjiwan hospital
attariya hospital
जसअन्तर्गत पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सबै सामान बेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।