खाेज्नुहाेस

दोधारा–चाँदनीमा देशकै ठुलो सुख्खा बन्दरगाह बन्छ : गृहमन्त्री लेखक

Image

कञ्चनपुर– दोधारा–चाँदनीमा देशकै ठुलो सुख्खा बन्दरगाह बन्ने गुहमन्त्री रमेश लेखकले बताएका छन् । शनिबार नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ प्रशिक्षण विभागले दोधारा–चाँदनीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

navjiwan hospital

उनले दोधारा–चाँदनीमा देशकै सबैभन्दा ठुलो सुख्खा बन्दरगाह निर्माण हुने र त्यसको शिलान्यास आगामी भारत भ्रमणका बेला हुने बताए । ‘दोधारा–चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ’ उनले भने, ‘जसको शिलान्यास दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने कार्यक्रम छ ।’ उनले दोधारा–चाँदनीमा पछिल्लो समय विकासले तीव्रता पाएको बताए ।

attariya hospital

‘महाकाली नदीमा देशकै ठूलो पक्की पुल बनेकाले यहाँ अस्पताल र क्याम्पस बनेका छन’ उनले भने ‘जोगबुढा नदीमा बाँकी रहेका स्थानमा तटबन्ध बनाएर यहाँका नागरिकलाई बाढीबाट सुरक्षित गरिन्छ, त्यसका लागि बजेट विनियोजन भइसकेको छ ।’

उनले मुलुकमा संविधान निर्माणका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै संविधानको रक्षा पनि कांग्रेसले गर्नुपर्ने धारणा राखे । गणतान्त्रिक शासन व्यवस्था सुदृढ गर्न कांग्रेसको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।