खाेज्नुहाेस

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Image
file photo

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बेदकोट नगरपालिका ९ कोल्डस्टोर नजिक बजारबाट घर जाने क्रममा चालक शिविर बस्ने ४५ वर्षीय बहादुर रानाको मृत्यु भएको हो ।

navjiwan hospital

सोमवार रानाले चलाएको बा ६६ प २९६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट नालामा खस्दा उनी घाईते भएका थिए।

attariya hospital

उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा उपचारको क्रममा सोही दिननै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।