खाेज्नुहाेस

कृष्णपुरमा आयोजित गौरा मेलाको उपकुलपति जोशीले गरे उद्घाटन

Image

धनगढी – गौरादेवी सांस्कृतिक समाज कृष्णपुर-१ को आयोजनामा आजदेखि दोमिल्लामा शुरू भएको गौरापर्व मेलाको सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा.टीएन जोशीले उद्घाटन गरेका छन्।

navjiwan hospital

मेलाको उद्घाटन गर्दै उपकुलपति जोशीले गौरापर्व सामाजिक सदभावको पर्व भएको बताए। उनले गौरापर्वलाई राष्ट्रिय पर्वकै रूपमा स्थापित गर्न सबैले लाग्नु पर्ने बताए। उनले मौलिक संस्कृतिको संरक्षणबाट नै मुलुकको पहिचान स्थापित हुने भएकोले कला र संस्कृतिको विकासका लागि राज्यले ठोस नीति अवलम्बन गर्नु पर्ने बताए।

attariya hospital

उपकुलपति जोशीलाई समारोहस्थलमा आयोजकले पञ्चेबाजाले स्वागत गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य जयसिंह बिष्ट, वडाध्यक्ष मोहन बहादुर बस्नेत, समाजसेवी खेमराज जोशी लगायतले शुभकामना प्रकट गरे।