खाेज्नुहाेस

त्यो फुलमा मौँरी

Image

हरियो बोटमा फल्न लागेको त्यो फुल,

कोपिला छ फुट्न मात्र बाँकी छ उसको बैँसको त्यो मुल,

attariya hospital

आफ्नै तालमा मजुर जस्तै नाच्न थाल्दछ त्यो फुल,

बगैँचा नै सुन्दर बनाउन लागेको छ,

आहा! कति सुन्दर त्यो फुल,

उसलाई थाहा छ एकदिन मौँरी आउँछ चुस्छ मेरो रस,

कोपिला ले फक्रिनै पर्छ भएर पनि विवस,

अब डर लाग्न थाल्दछ उसलाई

कसैले टिपेर पो फाल्ने हो कि?

कसैले शिर मै पो सजाउने हो कि?

अब आयो त्यो दिन मौँरीको नजरमा पर्यो त्यो फुल,

मौँरी बस्यो उसको माथि,

माग्न थाल्यो रस चुस्ने अनुमति,

दम घुट्न लाग्यो त्यो फुलको के गर्ने? के नगर्ने?

मौँरीले फेरि अनुमति माग्न थाल्यो,

उसको हृदयको गति बड्न थाल्यो,

उसले सोध्यो! मौँरीलाई तिमी रस पिएर के गर्छौ,

मलाई मृतु तिर धकेल्छौ।

तिमी मेरो रस लिएर के गर्छौ,

अब मौँरीको पालो, उसले हाँसेर भन्न थाल्यो,

यो त प्रकृतिको नियमै हो,

navjiwan hospital

जो हामीलाई मिल्यो सेवा प्रदान गर्ने पालो,

म तिम्रो रस व्यर्थ हुन दिन्न भो,

बाध्यताले रस चुस्न आए म तिम्रो,

मेरो मनै खिन्न भो,

तिम्रो रसमा म यस्तो मिठास ल्याउँछु भिन्न को,

आनन्द को स्वाद लिने छ खुसीले सारा दुनियाँ यो,

अब मन्जुरी दियो त्यो फुल ले मौँरीको दिललाई चुनेर,

रस चुस्न थाल्यो मौँरि चुमेर उसको ओठलाई,

धन्यवाद दिँदै त्यो फुलाउने बोटलाई,

लियो रस मौँरी ले बनाईदियो महँ को छात्तो,

कुर्बानी दियो फुल ले रोज्यो मृतुको बाटो,

आहा! कति मिठो महँ भन्न थाल्यो दुनियाँले,

बचन पुरा गर्यो त्यो मौँरीले,

बनाईदियो रसिलो महँ को छात्तो,

तर वास्तवमा दुईटै लाई थाहा थिएन कि!

यो नै हाम्रो कर्म हो भनेर!

मौरीँले फुलको रस चुस्नु नै उसको धर्म हो भनेर!

यो त प्रकृतिको नियमै हो अचम्मको,

तर यी दुइटै लाई थाहा छैन,

सदाको लागि बन्द संसार हेर्ने आँखा हुन्छ, भनेर!

जन्म मृत्यु प्रकृति मै, प्रकृति मै हराउँदै जाने छौँ भनेर!

कवि: बसन्त कुमार

विद्यार्थी, दार्चुला बहुमुखी क्याम्पस