खाेज्नुहाेस

जनकपुर बोल्टसले हरमित सिंहलाई दियो कप्तानी

Image
navjiwan hospital

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि अमेरिकी खेलाडी हरमित सिंहलाई कप्तानको जिम्मेवारी दिएको छ । जनकपुर बोल्ट्सले शनिबार सामाजिक सञ्चालमार्फत् हरमित सिंहलाई कप्तानको भूमिकामा क्लबमा स्वागत गरिएको जनाएको छ ।
३४औँ वर्ष प्रवेशको संघारमा रहेका बायाँहाते स्पिनर हरमित अलराउन्डर खेलाडी हुन् । उनले एनपीएलको अघिल्ला दुवै संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । ती दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पु¥याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
हरमितले अमेरिकाको राष्ट्रिय टोलीबाट २९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ३९ विकेट लिएका छन् भने दुई अर्धशतकको मद्दतले तीन सय ५० रन पनि बनाएका छन् । यसैगरी, उनले अमेरिकी टोलीका लागि २९ टी–२० अन्तर्राष्ट्रिय खेल्दै ३१ विकेट लिएका छन् भने दुई सय ४२ रन बनाएका छन् ।